Pura Samachar

जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेल्दै अंका बाँडे

प्रकाशित: November 28, 2022
पूरा समाचार

जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेल्दै अंका बाँडे

फिफा विश्वकप २०२२ मा पूर्व विजेताद्वयको भिडन्तमा जर्मनी र स्पेनले एक एक गोलको बराबरी खेल्दै अंका बाँडेका छन्।

बराबरीसँगै जर्मनीको अन्तिम १६ को आशा जीवित बनेको छ भने स्पेन सहज अवस्थामा छ।

समूह ‘ई’ को यो खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६२ मिनेटमा स्पेनले मोराटाको गोलबाट अग्रता लियो। उनलाई जोर्डी अल्बाले पास उपलब्ध  गराएका थिए।

त्यसपछि दबाबमा परेको जर्मनीले ८३ मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। उसका लागि फुलक्रुगले गोल गरेका थिए।

प्रतिक्रिया