Pura Samachar

समूह ए बाट नेदल्याण्ड र सेनेगल अन्तिम १६ मा

प्रकाशित: November 30, 2022
पूरा समाचार

समूह ए बाट नेदल्याण्ड र सेनेगल अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकपको समूह ए बाट नेदल्याण्ड र सेनेगल अन्तिम १६ मा पुग्दा इक्वेडर र आयोजक कतार विश्वकपको समूह चरणबाटै बाहिरिएका छन्।

आज भएको खेलमा नेदरल्याण्डले आयोजक कतारलाई २-० र सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले हराएका हुन्।

नेदल्याण्डको जितमा कोडी गाक्पो र फ्रान्की डिजोङले गोल गरे। गाक्पोले २६ र डिजोङले ४९ औं मिनेटमा गोल गरेका हुन्। त्यस्तै अर्को खेलमा सेनेगलले ४४ र ७० औं मिनेटमा गोल गर्न सफल भयो। इक्वेडरले ६७ मिनेटमा गोल गरे पनि हार टार्न सकेन।

३ खेलमा नेदरल्याण्ड ७ अंक जोड्दै समूह विजेता भयो भने सेनेगल ६ अंक जोड्दै उपविजेता बन्यो। कतारले भने जारी प्रतियोगितामा एक खेल पनि जित्न सकेन। उता ४ अंक बनाएको इक्वेडरले भने एकमा जित एकमा बराबरी र एक खेलमा हार बेहोर्‍यो।

सेनेगल अघिल्लो विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने नेदरल्याण्डले त्यसबेलाको विश्वकपसम्म आउन नै सकेको थिए।

प्रतिक्रिया