Pura Samachar

स्रोत नखुलेको १२ लाख ६४ हजार ८ सयसहित दुई जना पक्राउ

प्रकाशित: December 1, 2022
पूरा समाचार

स्रोत नखुलेको  १२ लाख ६४ हजार ८ सयसहित दुई जना पक्राउ

रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी ११ नम्बर हेक्वा हजमिनिया गौर बाट इन्स्पेक्टर शंकर थापाको कमान्डमा गएको टोलीले गौर स्थित बरहवा पुल छेउमा चेकजाँचको क्रममा अवैध रकमसहित दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका ४ सग्रामपुरका २९ वर्षीय राजुकुमार यादव र ३३ वर्षीय राजेश कुमार यादव रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख ध्रुव कार्कीले बताएका छन ।

उनीहरुको साथबाट १२ लाख ६४ हजार ८ सय स्रोत नखुलेको रुपैयाँ बरामद भएको एसपी कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया