Pura Samachar

फिफा विश्वकप फुटबल: आज समूह चरणका ४ खेलहरु हुँदै

प्रकाशित: December 2, 2022
पूरा समाचार

फिफा विश्वकप फुटबल: आज  समूह चरणका ४ खेलहरु हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् ।

विश्वकपमा शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई दुई खेलहरु हुनेछन् ।

समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ ।  अन्य तीन टोलीको पनि नकआउटअ पुग्ने सम्भावना उत्तिकै रहेको छ ।

पोर्चुगल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

घाना ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरिया १ अंकसहित तेस्रो र १ अंक जोडेको उरुग्वे पुछारमा रहेको छ ।

यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।

यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।

ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

स्विट्जरल्यान्ड ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

क्यामरुन १ अंक जोडेर तेस्रो र सर्बिया १ अंक जोडेर पुछारमा रहेको छ ।

यस समूहबाट तीनै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया