Pura Samachar

धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्रकाशित: December 3, 2022
पूरा समाचार

धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजार चोकमा शनिबार बिहान ५ बजे भएको दुर्घटनामा बा १ ज ८३९६ नम्बरको विंगरमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट गएको जन्ती इटहरीबाट फर्किँदै गर्दा  दुर्घटनामा परेको हो। दुइटै गाडी तीब्र गतिमा भएकाले अनियन्त्रित भइ ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।

प्रतिक्रिया