Pura Samachar

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा मृत अवस्थामा फेला

प्रकाशित: December 3, 2022
पूरा समाचार

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा मृत अवस्थामा फेला

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार राति सर्लाही आइपुग्नु भएको थियो । सप्तरी सदरमुकाम राजविराज घर भएका ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका खाना खाएर कटेजमा सुत्न जानुभएका थियो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको छ ।

भट्टराईको निधनपछि नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभा स्थगित गरिएको छ । भट्टराई लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया