Pura Samachar

राउण्ड अफ १६ का दुई खेलहरु हुँदै ,फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुने

प्रकाशित: December 4, 2022
पूरा समाचार

राउण्ड अफ १६ का दुई खेलहरु हुँदै ,फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं, कतारमा जारी फिफा विश्वकप फुटबलमा आज आइतबार राउण्ड अफ १६ का दुई खेलहरु हुँदैछन् ।

अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह एु को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो

प्रतिक्रिया