यसअघि समूह चरणको खेलमा दुई खेलमा जित तथा एक खेलमा हारको नतिजा सामना गरेको थियो। समूह चरणमा फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई हराएको थियो भने ट्युनिसियासँग हारेको थियो।
त्यस्तै आइतबार भएको अर्को खेलमा इंग्ल्याण्डले सेनेगललाई पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइतबारको खेलको सुरुवातमा अफ्रिकन च्याम्पियनले केही चुनौती दिए पनि ३८ औं मिनेटमा पछि परेपछि थप कमजोर देखिएको थियो। पाएका केही अवसरमा पनि गोल गर्न सेनेगल चुक्दा इङ्ल्याण्डले लगातार फाइदा उठायो। पहिलो हाफमा जोर्डन हेन्डरसनले सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफकै अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान ह्यारी केनले जाली चुमाए।
दोस्रो हाफमा पनि सेनेगल खेलमा फर्किन सकेन। ५७ औं मिनेटमा युवा फरवार्ड बुकायो साकाले तेस्रो गोल गर्दा इङ्ल्याण्डले सहज जित हात पार्यो। जारी विश्वकपमा इङ्ल्याण्ड अपराजित छ।
पहिलो खेलमा ६–२ ले इरानलाई पराजित गरेको इङ्ल्याण्ड अमेरिकासँग गोलरहित बराबरी खेलेको थियो। समूहको अन्तिम खेलमा वेल्सलाई ३–० ले स्तब्ध पार्दै समूह विजेताका रुपमा नकआउटमा पुगेको थियो।
इंग्ल्याण्डले यसअघि समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो। इंग्ल्याण्डले समूह चरणमा अमेरिकासँग बराबरी खेल्दा इरान र वेल्समाथि भने जित हात पारेको थियो।
यी दुई टोलीबीचको क्वार्टरफाइनल खेल आगामी शनिबार मध्यराति पौने १ बजे हुनेछ।













प्रतिक्रिया