Pura Samachar

मुख्यमंत्रीले गरे वाङखै नेत्र अस्पतालको उद्धाटन

प्रकाशित: December 5, 2022
पूरा समाचार

मुख्यमंत्रीले गरे वाङखै नेत्र अस्पतालको उद्धाटन

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले वाङखै स्थित नेत्र अस्पतालको उद्घाटन गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले गतः कोविदको समयमा सानो रूपमा शुरू गरेको सो अस्पताललाई आज व्यापक रूपमा सबै चाहिने सरसामानको साथमा शुरू भएको कुरा पनि बताए ।
मुख्य अतिथिको रूपमा उपस्थित बिरेनले आफ्नो वक्तव्यमा भने कि मणिपुरमा पनि ऑखा संबंधित बिमार निकै माथी पुगेको र यसको निवारणको लागि सरकारले पीपीपी मोडलको रूपमा सो अस्पताल शुरु गरेको कुरा उनले बताए ।
मुख्यमन्त्रीले भने कि अब आउने भविष्यमा सरकारले फेरि पनि यसको पहल गर्ने छ र जनतालाई राहत दिने छ भन्ने पनि अठोट गरे ।
यसै अवसरमा राज्यका विभिन्न निकायका मानिसहरू पनि उपस्थित थिए ।
स्मरण रहोस मणिपुरमा ऑखाको अस्पताल खोलिनु एउटा चानचुने कुरा होइन ।

प्रतिक्रिया