मंसिर १९, २०७९ । पछिल्लो पटक नेपालमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ८ सय ८९ जनामा गरेको परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
थप १८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । मूलुकभर सक्रिय संक्रमितको संख्या ९२ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।