
-डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले आगामी चौदह र पंद्रह तारीख सेनापति जिल्लामा संपन्न हुन गई रहेको बराक महोत्सव बारे जिल्लाका विभिन्न निकायहरू संग एउटा बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो समारोहमा बराक नदीबारे जनतालाई जागरूक गराउदै कला र संस्कृतिको समेत समावेश गरिने कुरा पनि भएको समाचार छ ।
मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरमा बसोबासो गर्ने संपूर्ण जातिको लागि महोत्सव अति नै महत्वपूर्ण रहेको कुरा पनि स्पष्ट पारे ।
स्मरण रहोस मणिपुरमा प्रत्येक वर्ष बराक महोत्सवको आयोजना सरकारले गर्दछ ।जो ऐतिहासिक हो ।
प्रतिक्रिया