
डा. हरिमोहन पोखरेल
मुख्यमंत्रीले गरे दुइ दिने सुन्तला महोत्सवको बैठक
कोहिमा / राज्य स्तरीय सुन्तला महोत्सव बारे राज्यको केबिनेट हलमा आयोजन समितिको साथमा मुख्यमन्त्रीले बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी दिसंबर सत्रह देखि उन्नाइस दिसंबर सम्म चल्ने सो महोत्सवमा विभिन्न प्रकारका आयोजना गरिने तथा यसमा सारा जनताले सहयोग गर्ने कुराको पनि प्रतिबद्धता रहने कुरा पनि बताएको छ ।
बैठकमा विभिन्न स्थानबाट उत्पादन गरेर ल्याएका सुन्तलाको स्टाल लगाउने साथ बेच बिखन तथा निर्यातको लागि पनि ठोस पाइला चालिने पनि कुरा भएको छ ।
मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार मणिपुरको तमेङलोङ जिल्लामा विशेष गरी सुन्तलाको खेती हुने गरेकोले केन्द्र सरकारले खास ध्यान दिनुपर्ने कुरा पनि बताए ।
यस बैठकमा सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए ।
स्मरण रहोस मणिपुर सरकारले प्रत्येक वर्ष सुन्तला महोत्सव आयोजना गर्दैछ ।जो ऐतिहासिक हुने गर्दछ ।
प्रतिक्रिया