
काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अचुतम काफ्ले र रामेश्वर राय यादवले सर्लाहीमा अन्तर्घात गरेको भन्दै कारबाही सिफारिस भएको छ ।
प्रदेश र प्रतिनिधि सभा चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउने भन्दा एमालेका उम्मेदवारलाई जिताउन भुमिका खेलेको भन्दै माओवादीका दुई नेतालाई कारबाही सिफारिस भएको हो । माओवादी केन्द्रका हरिवन, बागमती र बहरथवा नगर समितिले पार्टीको मधेश प्रदेश समिति र पार्टी केन्द्रलाई छुट्टाछुट्टै सिफारिस पठाएका हुन्।
माओवादीका यादवले एमालेका हरिप्रसाद उप्रेतीलाई भोट मागेर हिडेकाले कारबाही सिफारिस भएको एक नेताले बताए । अचुतम काफ्लेले पार्टीका उम्मेदवारलाई भोट नमागेर निष्क्रिय भई बसेको भनेर कारवाहीको माग गरिएको छ ।
माओवादी चार पालिकाले पार्टीका २ पोलिटब्युरो सदस्यलाई पार्टीबाट किन कारबाही नगर्ने भन्दै प्रदेश कमिटी र पार्टी केन्द्रलाई सिफारिस गरेको हो । काफ्ले माओवादी सर्लाही जिल्ला इन्चार्ज हुन भने यादव यसअघिका संघीय सांसद समेत हुन् ।
प्रतिक्रिया