
डा. हरिमोहन पोखरेल कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले केन्द्र सरकार द्वारा प्रदत्त विभिन्न योजनाहरूको पुनरावलोकन बैठक संपन्न गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले बिहाङमा निर्माणाधीन सांस्कृतिक केन्द्र साथै सेनापति जिल्लामा निर्माणाधीन गरेको क्रीडांगन लगायत अन्य कतिपय योजनाहरूको पनि पुनरावलोकन गरेका छन ।
बैठकमा उनले विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीलाई आफ्नो काम समयमा समाप्त गर्नुपर्ने बारे बताए ।
उनले अगाडि भने कि यदि समयमा कार्यको समाप्ति भए बापत अन्य कतिपय योजनाहरू फेरि पनि ल्याउन सकिने छ ।
स्मरण रहोस पुनरावलोकन बैठक हुने गर्नु प्रगतिको निशानी हो ।
प्रतिक्रिया