Pura Samachar

साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

प्रकाशित: December 11, 2022
पूरा समाचार

साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई  २–१ ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रोपटक अन्तिम ४ मा स्थान बनाएको हो।फ्रान्सको जितमा चाउमेनी र ओलिभर जिरुडले गोल गरे। खेलको १७ औं मिनेटमा चाउमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो। तर दोस्रो हाफमा इङ्ल्याण्डले बराबरी गरेको थियो। ५४ औं मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

तर ७८ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता २–१ बनाए । ८४ औं मिनेटमा इङ्ल्याण्डले पेनाल्टी पाए पनि कप्तान केन चुके र फ्रान्स विजयी भयो ।

प्रतिक्रिया