Pura Samachar

कालीकोटकोमा डोजर दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित: December 11, 2022
पूरा समाचार

कालीकोटकोमा डोजर दुर्घटनामा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन्।  दुर्घटनामा परी शाहीसहित तीन जना घाइते भएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ। तीन जना अझै बेपत्ता रहेका छन्।

प्रतिक्रिया