Pura Samachar

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष भन्ने उल्लेख भएका कारणअवकाश

प्रकाशित: December 13, 2022
पूरा समाचार

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष भन्ने उल्लेख भएका कारणअवकाश

 

२७ मंसिर, काठमाडौं । ६५ वर्षे उमेरहदका कारण मंगलबार अपरान्हदेखि अवकाश पाएका निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान गर्न बाटो खुलेको छ ।  प्रधानन्यायाधीश पदमा बहाल रहेकाले भ्रष्टाचारको छानबिनबाट उन्मुक्ति पाएका जबराले मंगलबारदेखि अवकाश पाएका छन् । अब भने भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा उनीमाथि छानबिन गर्न अड्चन हुनेछैन ।

न्यायपरिषदको अभिलेख अनुसार, २८ मंसिर २०१४ सालमा जन्मेका जबरा बुधबारदेखि ६५ वर्ष पूरा भएका छन् । संविधानमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष भन्ने उल्लेख भएका कारण उनी प्रतिनिधिसभामा महाभियोग विचाराधीन रहेकै अवस्थामा अवकाश भए ।

प्रतिक्रिया