Pura Samachar

मुख्यमंत्रीले एशियाई विकास बैंकका अधिकारीहरू संग बैठक गरे

प्रकाशित: December 13, 2022
पूरा समाचार

मुख्यमंत्रीले एशियाई विकास बैंकका अधिकारीहरू संग बैठक गरे

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले एशियाई विकास बैंकका अधिकारीहरू संग बैठक गर्दै राज्यमा बैकिङ संबंधित विभिन्न परिकल्पहरूको गहन रूपमा छलफल गरेको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसारले राज्य डीबीटीएस लगायत एफडीआई र विनिमय नियमन र भुक्तानी एवं लगानीलाई पनि सरल र सहज बनाउने विषयमा पनि व्यापक रूपमा चर्चा भएको छ ।
मुख्यमन्त्रीले मिडियालाई बताए अनुसार बैकिङ संबंधित कार्यलाई सजग र सरल र आम जनताले बुझ्न सक्ने खालको बनाउनको लागि सरकार कटिबद्ध रहेको र यस कार्यमा एशियाई विकास बैंकले पाइला चाल्ने कुरा पनि बताए ।
मुख्यमन्त्रीले भने कि बैंकले आउने भविष्यमा धेरै नै विकासोन्मुख कार्य गर्ने छ ।जसले आम नागरिकलाई फाइदा पुर्याउने छ ।
स्मरण रहोस मणिपुरमा पहिलो पटक यस्तो बैठक भएको हो ।जसले अवश्य पनि आम जनताले फाइदा पाउने छन भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया