
-डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो राज्यका सडक एवं परिवहन तथा हवाई यातायात मंत्री वाकिम बासिङ संग बसेर राज्यको सडक एवं हवाई यातायात बारे बैठक गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार मुख्यमंत्रीले राज्यका विभिन्न स्थानलाई जोडनको लागि सडकले निभाएको भूमिका र रखरखरखाव एवं मर्मत गर्नुपर्ने बारे पनि गहन रूपमा छलफल भएको छ ।
मुख्यमन्त्रीले बताए अनुसार राज्यको लाइफलाइन मानिने राष्ट्रिय राजमार्गको केही ठाउँमा भने व्यापक छति भएको र त्यसको मर्मतको काम चली रहेको कुरा पनि बताए ।यसका साथै राज्यमा हवाई यातायात पनि सुचारू रूपले जारी राख्दै छिमेकी मुलुक बीच पर्यटन र निर्यात बढाउने कुरा पनि गरे ।
स्मरण रहोस मणिपुरमा पहिलो पटक यस्तो प्रकारको बैठक भएको हो ।
प्रतिक्रिया