Pura Samachar

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प

प्रकाशित: December 15, 2022
पूरा समाचार

ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं– ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन।ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन्।

प्रतिक्रिया