Pura Samachar

चीनमा लक्षणबिनाका संक्रमितको संक्रमण बढ्न थाल्यो

प्रकाशित: December 16, 2022
पूरा समाचार

चीनमा लक्षणबिनाका संक्रमितको संक्रमण बढ्न थाल्यो

सांघाई। पछिल्लो समय कोभिड-१९ सम्बन्धी नियम खुकुलो भएसँगै चीनमा संक्रमण बढ्न थालेको छ। एकातिर संक्रमणदर बढ्न थाले पनि चीनले लक्षणबिनाका संक्रमितको गणना रोकेको छ।

विश्वविद्यालयहरुले सेमेस्टरको अन्त्य अगावै विद्यार्थीहरुलाई घर जान अनुमति दिन थालेका छन्। सेमेस्टरका बाँकी कक्षा र परीक्षण अनलाइनबाट गर्ने गरी स्प्रिङ फेस्टिवल अगावै विद्यार्थीहरुलाई विश्वविद्यालयले विदा गर्न थालेका छन्।

सांघाई र क्वान्चौ सहितका ठूला शहरमा अर्को एक-दुई महिनामा संक्रमण उच्च विन्दुमा पुग्ने चिनियाँ अनलाईन खाइसिनले आइतवार रिपोर्ट गरेको थियो।

सांघाईको प्रथम श्रेणीको अस्पतालका संक्रामक रोगसम्बन्धी निर्देशक झाङ वेनहोङलाई उदृत गर्दै रिपोर्टमा अर्को तीन देखि चार साता भित्र शहरमा कोभिड-१९ संक्रमण उच्च विन्दुमा पुग्ने र यसलाई नियन्त्रणमा लिन शहरलाई तीन देखि ६ महिनासम्म लाग्ने जनाएको छ।

प्रतिक्रिया