Pura Samachar

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

प्रकाशित: December 19, 2022
पूरा समाचार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक बस्ने २६ वर्षीय भुवन पहाडी र २७ वर्षीय ऋतिक बहादुर राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भुवनले चलाएको मोटरसाईकलमा तीन जना सवार थिए । सिम्रिक गाउँकै २४ वर्षीय सुशील माझी घाइते छन् ।

उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । निजगढमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नयाँ चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

निजगढ नगरपालिका १ स्थित सडक छेउमा बिग्रिएर रोकिराखेको प्रदेश २-०३–००१ ख ४२२९ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाईकल ठोक्किँएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया