Pura Samachar

द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि करण राईलाइ

प्रकाशित: December 24, 2022
पूरा समाचार

द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि करण राईलाइ

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि करण राईले जित्नुभएको छ ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा टिम राजुबाट प्रतिस्पर्धा गरेर जित्नुभएका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गर्नुभयो । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पनि पुरस्कार प्राप्त गर्नुभयो ।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित हुनुभयो ।

टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित हुनुभयो भने टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बन्नुभयो । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

प्रतिक्रिया