
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यको अन्य भेकलाई जोड्ने पुलको उद्घाटन गरेको समाचार प्राप्त भएको छ ।
मणिपुर राज्यको साइकुल सव -डिभिजनलाई जोड्ने इरिल खोलामाथि निर्माण गरिएको सो पुलको निर्माण भने प्रधानमन्त्री ग्राम सडक योजना अंतर्गत भारतमाला योजनाबाट गरिएको कुरा पनि उनले बताए ।
पूर्व प्रधानमन्त्री माननीय अटल बिहारी वाजपेयीजीको जन्मोत्सवको अवसरमा उद्धाटित सो अवसरमा बोल्दै उनले भने कि राज्यमा ‘गो टू हिल्स र गो टू भिलेज ‘कार्यक्रमले राज्यका छतीस जातिहरूको दुःख र दर्द महसुस गर्दै अगाडि बढाउने काम गर्नु नै सरकारको लक्ष्य हो ।
उनले अगाडि थपे कि मणिपुरको विभिन्न जातिमाझ सरकारले दिएको सहुलियतहरू पाई रहेको र जीवनस्तर सुधार भएको छ भन्ने कुरा पनि हो ।
उनले अगाडि भने कि यसको निमार्णले अब अगाडिको कामहरूले गुरुत्व दिने छ भन्दै उनले विश्वास राखे ।
यस अवसरमा विभिन्न रंगारंग कार्यक्रम पनि आयोजना गरिएको र विभिन्न जनजातिको प्रतिनिधित्व रहेको थियो ।
प्रतिक्रिया