Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: December 27, 2022
पूरा समाचार

सुनको मूल्य बढयाे

स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ।

सोमबार स्थिर रहेको सुनको मूल्य आज भने सामान्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया