Pura Samachar

नेपाल टी-ट्वान्टी लिगमा आज बिहीबार दुई खेलहरु हुँदै

प्रकाशित: December 29, 2022
पूरा समाचार

नेपाल टी-ट्वान्टी लिगमा आज बिहीबार दुई खेलहरु  हुँदै

काठमाडौं, नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज बिहीबार दुई खेलहरु

हुँदैछन् ।बिहिबारको पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

तीन खेल खेलेको विराटनगरले पहिलो जितका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

पहिलो र दोस्रो खेल जितेको जनकपुर तेस्रो खेलमा भने पराजित भएको थियो । जनकपुर चौंथो खेलमा तेस्रो जितको खोजीमा रहेको छ ।

प्रतिक्रिया