Pura Samachar

विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने

प्रकाशित: December 30, 2022
पूरा समाचार

विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनपछि विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ।

आएको छ। त्यसपछि हामीले भन्सार विभागलगायत सरोकारवालाहरुसँग छलफल गर्‍यौं। त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि यो व्यवस्था रोकेका हौं,’ ती अधिकारीले भने।

मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने प्राधिकरणले मिति घोषणा गरेको थियो। सरकारको नयाँ व्यवस्थासँगै अब विदेशबाट फर्किंदा नेपालीहरुले साथमा ल्याउने थप एउटा नयाँ फोन पनि भन्सार नतिरी भित्र्याउन पाउने भएका छन्।

भन्सार विभागले भने प्राधिकरणको व्यवस्था अव्यवहारिक भएको भन्दै कार्यान्वयन गर्न कठिनाइ हुने बताउँदै आएको थियो।

‘आधिकारिक तथ्यांक नभएपनि विमानस्थल भन्सारबाट दैनिक दुई हजार यात्रुले थप एउटा मोबाइल सेट ल्याउँछन् भन्ने छ। यसलाई भन्सारको दायरामा ल्याउन थप २५ वटा काउन्टर र ७५ भन्दा बढी अतिरिक्त कर्मचारी आवश्यक पर्छ। यो व्यवस्थापन गर्न त्यति व्यवहारिक देखिँदैन,’ भन्सारका एक अधिकारीले भने, ‘त्यसैले हामीले पनि प्राधिकरणलाई यो गाह्रो हुन्छ भनेर भन्दै आएका थियौं। सँगै सरकारसँग पनि यो व्यवस्था तत्काल रोक्न आग्रह गरेका थियौं।’

प्रतिक्रिया