Pura Samachar

चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

प्रकाशित: January 2, 2023
पूरा समाचार

चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । मच्छिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै चर्च ब्वाइज आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन आशिष चापागाईंले दुई र आशिष चौधरीले एक गोल गरे । मच्छिन्द्रका सौरभ सुब्बाले एक गोल गरे ।

खेलको २३ औँ मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको इन्जुरी समयमा आशिष चापागाईंले नै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । ६४ औँ मिनेटमा आशिष चौधरीले चर्च ब्वाइजका लागि तेस्रो गोल गरे ।

प्रतिक्रिया