
काठमाडौं।
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । गयराति भएको खेलमा पीएसजीलाई दोस्रो स्थानमा रहेको लेन्सले ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको ४४ अंक रहेको छ भने लेन्सको ४० अंक रहेको छ ।दुवै टिमले १७ खेल खेलेका छन् ।गयराति घरेलु मैदानमा लेन्सले ५ औं मिनेटमा अग्रता लिएको थियो ।
प्रजेमिस्लाव एडम फ्रान्कोस्की ले गोल गर्दै अग्रता दिलाएका थिए ।आठौं मिनेटमा पीएसजीका लागि ह्युगो एकिटिकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
विश्वकप विजेता लियोनल मेस्सी अझै क्लबमा आएका छैनन् भने नेयमार दोहोरो पहेँलो कार्डका कारण खेल गुमाएकाले पीएसजी दवाबमा आएको थियो ।एम्बाप्पेले केही प्रयास गरे पनि टिमका लागि पर्याप्त भएन ।इकोमा लोइस ओपेन्डाले २८ औं मिनेटमा गोल गरेपछि लेन्सले अग्रता २–१ बनायो ।क्लाउड मौरिसले ४८ औं मिनेटमा गोल गर्दै लेन्सलाई ३–१ गोल अन्तरको जित दिलाए ।
प्रतिक्रिया