
काठमाडौं, नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलहरु हुँदैछन् ।
सोमबारको पहिलो तथा प्रतियोगिताको उन्नाईसौं खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पाँच खेल खेलेर ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। छ खेलमा चार जित दुई हार सहित जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया