
सुनको मूल्य पछिल्ला दिनमा लगातार बढिरहेको छ।
मंगलबार मात्रै प्रतितोला सुनको मूल्य एकै दिन नौ सय रूपैयाँले वृद्धि भएर एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यलाई युक्रेन र रसियाबीचको द्वन्द्वले समेत नछोएको टिप्पणी गरिन थालिएको छ।
‘सन् २०२० मा मूल्य वृद्धि कम थियो, यो कुनै मुद्दा नै बनेको थिएन तर सुनको मूल्य सोही वर्ष अगष्टमा प्रतिऔंस दुई हजार ७५ डलरमा कारोबार भइरहेको थियो,’ स्मल क्याप्स डटकममा रोविन ब्रोमबाइले लेखेका छन्, ‘तर, सन् २०२२ मा मूल्य वृद्धि उच्च दरमा बढ्यो, तर, सुनको मूल्य प्रतिऔंस दुई हजारमा पुगेर पनि त्यहा अडिन सकेन।’
हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक हजार ८ सय तीन डलरमा कारोबार भइरहेको छ।
तर, सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस २ हजार डलर माथि नै रहने अनुमान गरिएको छ।
प्रतिक्रिया