
काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
हिजो साँझ करिब सवा ६ बजे भारतीय नम्बरको मोटरसाइकलले स्थानीय ७५ वर्षीया नथुनी बैठालाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा नारायणपुरस्थित मेडिकलमा मृत्यु भएको जनाइएको छ ।
उक्त मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय संग्रामपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया