Pura Samachar

अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा विशाल योगफल तर्फ

प्रकाशित: January 5, 2023
पूरा समाचार

अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा विशाल योगफल तर्फ

एजेन्सी – ओपनर उस्मान खवाजा दोहोरो शतक नजिक पुग्दा अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिङमा विशाल योगफल बनाएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिँदा ४ विकेट गुमाउँदै ४ सय ७५ रन बनाएको छ ।उस्मान खवाजा ३ सय ६८ बलमा १९ चौका र १ छक्कासहित १ सय ९५ रनमा अविजित छन् । उस्मान खवाजा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो दोहोरो शतक बनाउन मात्रै पाँच रनले टाढा छन् ।

मध्यक्रमका ब्याटर स्टिभ स्मिथ १ सय ९२ बलमा ११ चौका र २ छक्कासहित १ सय ४ रनमा आउट भए । स्मिथको यो टेस्ट करिअरको ३० औं शतक हो । ओपनर डेविड वार्नर १० रनमै आउट भएका थिए । दोस्रो विकेटका लागि उस्मान खवाज र मार्नस लाबुसेनले १ सय ३५ रनको शतकीय साझेदारी गरे ।

लाबुसेन १ सय ५१ बलमा १३ चौकासहित ७९ रनमा आउट भए । तेस्रो विकेटका लागि उस्मान खवाजा र स्टिभ स्मिथले २ सय ९ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । चौथो विकेटका लागि ट्रविस हेड र उस्मान खवाजाले १ सय १२ रनको शतकीय साझेदारी गरेका थिए । ट्रविस हेड ५९ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा आउट भए । तीन टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

प्रतिक्रिया