Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: January 6, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

२२ पुष २०७९ काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुन प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
एक सातादेखि सुनको मूल्य क्रमिक उकालो लागेको थियो । बिहीबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३ हजार एक सय रुपैयाँ थियो।

गत शुक्रबार सुन प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबार उक्त मूल्यमा स्थिर रहेको मूल्य मंगलबार तोलामा ९ सय रुपैयाँले बढ्दा प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तोलामा ३ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ३ हजार एक सय रुपैयाँ निर्धारण भएको थियो। एक साताभरमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ थियो। आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँ थियो। सोमबार स्थिर रहेको चाँदी मंगलबार तोलामा १० रुपैयाँले बढेको थियो। बुधबार चाँदी तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। एक सातामा चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८३७.७५ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३. ३४ डलरमा कारोबार भएको छ।

प्रतिक्रिया