Pura Samachar

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति

प्रकाशित: January 7, 2023
पूरा समाचार

सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित सत्तारुढ दलहरु २७ पुसमा सार्वजनिक विदा दिन सहमत भएका छन् । सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने सहमति जुटाएको हो ।

कार्यदलले तयार पारेको सरकारको  साझा न्यूनतम कार्यक्रमको मस्यौदाकाे १५ नम्बर बुँदा
भनिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने ।’

राप्रपाले सरकारमा सहभागिताका लागि राखेका शर्तहरुमा २७ पुसमा सार्वजनिक विदा पनि थियो । पहिले विदा दिने विषयमा बारम्बार कुरा उठेपनि नेकपा माओवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका थिएनन, तर यसपटक भने उनकै नेतृत्वको सरकारले विदा दिने भएको छ ।

प्रतिक्रिया