Pura Samachar

आज आहा रारा पोखरा गोल्डकप फाइनलमा संकटा रअमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब खेल्दै

प्रकाशित: January 7, 2023
पूरा समाचार

आज आहा रारा पोखरा गोल्डकप फाइनलमा  संकटा रअमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब खेल्दै

काठमाडौं । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा सहिद स्माकर ‘ए’ डिभिजन लिगको क्लब संकटा र अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बिहीबार पोखरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा भुटनिज युथले चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै संकटासँगको उपाधि भिडन्त पक्का गरेको हो । संकटाले बुधबार साविक सशस्त्र प्रहरी बल (एपीएफ)लाई ४–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

भुटनिजको जितमा रोजिन प्रजापतिले पहिलो हाफको इन्जुरीमा समयमा गरेको गोल निर्णायक बन्यो । चर्च ब्वाइज यसै सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उक्लिएको टिम हो ।

 

प्रतिक्रिया