Pura Samachar

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगे

प्रकाशित: January 8, 2023
पूरा समाचार

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगे

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगेका छन्।  उनी केहीबेर अघि काठमाडौं आइपुगेका हुन्।  सोङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका छन्।

चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।

नयाँ राजदूत छन् सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्। त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन‍्लाई नेपालको राजदूतमा नियुक्ति गरेको थियो। स्वास्थ्यमा समस्या आएपछि राजदूत सोङ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आएका हुन्। यसअघि उनी १२ पुसमा काठमाडौं आउने तालिका थियो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टीनमा बस्नेछन्।

प्रतिक्रिया