
एट्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । खेलमा ओसमान डेम्बेलेले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्न पुगेको थियो । खेलको २२ औँ मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनको प्रहार पोस्टमा लागेको थियो ।
खेलको अन्त्यमा स्टेफन साभिच र फेरान टोरेसले रातोकार्ड पाएपछि दुवै टोली १०–१० खेलाडीमा सीमित भएका थिए । जीतसँगै बार्सिलोनाले १६ खेलबाट ४१ अंक बटुलेको भने शनिबार पराजित भएको रियल ३८ अंकसहित दोस्रो स्थानमा रहेको छ । एट्लेटिको २७ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया