
काठमाडौं, प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।
यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो ।
हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०।३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ । न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०।३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ ।
प्रतिक्रिया