Pura Samachar

जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

प्रकाशित: January 9, 2023
पूरा समाचार

जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते हुनुभएको छ ।

कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जिप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा सोही स्थानकी ५० वर्षीया भिमसरा सुनार र उनकी ८ वर्षीय छोरी आशा सुनार, ४० वर्षीय माया रोकाय र ३० वर्षीय गङ्गा खड्का पनि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिप चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया