
काठमाडौं, पाहुना टोली अष्ट्रेलियाले भारतविरुद्धको टेस्ट सिरिजका लागि टोलीको घोषणा गरेको छ । भारतविरुद्धको चार खेलको टेस्ट सिरिजका लागि अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा भिक्टोरियाका टोड मर्फीले पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा स्थान बनाएका छन् । भिक्टोरियाका कप्तान समेत रहेका पिटर ह्यान्ड्सकोब पनि चार वर्ष पछि टेस्ट टोलीमा पुनरागमन गरेका छन्।
भारत भ्रमणका लागि अस्ट्रेलियाको टेष्ट टोली: प्याट कमिन्स
(c), एस्टन आगर, स्कट बोलान्ड, एलेक्स केरी, क्यामरन ग्रीन, पिटर ह्यान्ड्सकम्ब, जोस हेजलवुड, ट्राभिस हेड, उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, नाथन लियोन, लान्स मोरिस, टोड मर्फी, म्याथ्यू रेनशा, स्टीभ स्मिथ (वीसी), मिचेल स्टार्क, मिचेल स्वेप्सन, डेभिड वार्नर
भारतको अष्ट्रेलिया भ्रमण २०२३
फेब्रुअरी ९-१३: पहिलो टेस्ट
फेब्रुअरी १७-२१: दोस्रो टेस्ट मार्च १-५: तेस्रो टेस्ट मार्च ९-१३: चौथो टेस्ट
मार्च १७: पहिलो ओडीआई
मार्च १९: दोस्रो एकदिवसीय मार्च २२: तेस्रो एकदिवसीय
प्रतिक्रिया