Pura Samachar

काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त

प्रकाशित: January 11, 2023
पूरा समाचार

काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त

काठमाडौं । काठमाडौं महानगरपालिका सहरी योजना आयोगको उपाध्यक्षमा तपेन्द्रबहादुर खड्का नियुक्त भएका छन् । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले मंगलबार उनलाई गोपनियताको शपथ गराएका हुन् ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम खड्का उपाध्यक्ष पदमा नियुक्त गरिएको महानगरले जनाएको छ ।

पुस ११ गते बसेको महानगरपालिकाको ११ औँ कार्यपालिका बैठकले योजनाविद् इञ्जिनियर खड्कालाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी नेपाल सरकारको प्राविधिक सेवाबाट अवकास भइसकेका छन् ।

ऐन बमोजिम महानगरका प्रमुखको अध्यक्षतामा १४ सदस्यीय सहरी योजना आयोग गठन हुनेछ । उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत आयोगको सदस्य रहनेछन् । आयोगका सदस्यहरुमा १ जना महिला अनिवार्य गरिएको छ ।

प्रतिक्रिया