Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नयाँ चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता

प्रकाशित: January 16, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नयाँ चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि नयाँ चिनियाँ राजदूत चेन सोङ्गबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

भेटमा राजदूत सङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले चिनियाँ सहयोग, सद्भाव र भातृत्वका लागि राजदूतमार्फत धन्यवाद ज्ञापन गरेका छन्। प्रचण्डले रास्ट्रपति सि जिन पिङ्ग र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। राजदुत सोङ्गले शुक्रबार रास्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए।

प्रतिक्रिया