
साताको पहिलो कारोबार दिन अर्थात् मंगलबार नेप्से परिसूचक ३२.७२ अंकले बढेको छ।
आज नेप्से परिसूचक १.५२ प्रतिशतले बढेर २१८२.११ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम भने घटेको छ।
गत कारोबार दिन अर्थात् बिहीबार ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँ पुगेको छ।
यस दिन २५० वटा धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भएको छ।
मंगलबार ग्रीन भेन्चर्स, आदर्श लघुवित्त र पिपुल्स हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः ४१५ रुपैयाँ ८० पैसा, ७७१ रुपैयाँ १० पैसा र २९७ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया