Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: January 19, 2023
पूरा समाचार

सुनको मूल्य स्थिर

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार तोलामा छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया