Pura Samachar

क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ विरुद्ध ५–४ को रोमाञ्चक जित

प्रकाशित: January 20, 2023
पूरा समाचार

क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ विरुद्ध ५–४ को रोमाञ्चक जित

काठमाडौं । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेसीको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले बिहीबार राति क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ विरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरबको किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे । रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेसीले नेइमारले निकालेको पासलाई पोस्टको दिशा दिएका थिए ।

तर, ३४औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै रियाद–११ लाई खेलमा फर्काएका थिए । पीएसजीका गोलकिपर किलर नाभासले रोनाल्डोमाथि नै फाउल गरेपछि रियाद–११ ले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।

प्रतिक्रिया