Pura Samachar

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज

प्रकाशित: January 20, 2023
पूरा समाचार

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज अस्पतालबाट डिस्चार्ज भएका छन्।

सुमेरु अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।

अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।स्वास्थ्य अवस्था कमजोर भएपछि आकस्मिक रुपमा रोल्पाबाट काठमाडौं ल्याएर उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो।

उनका निजी चिकित्सकडा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो। यद्यपि उनलाई चिकित्सककै निगरानी राखेर खानपिन लगायत सम्पूर्ण कुराको ख्याल गरिने उनले बताए।

प्रतिक्रिया