
काठमाडौं : राहदानी विभागले आजदेखि एक महिने अग्रिम अनलाइन आवेदनको व्यवस्था गरेको छ ।
एक सूचना प्रकाशित गर्दै विभागले दैनिक १ हजार ५ सयका दरले एक महिनाको अग्रिम अनलाइन आवेदन हुने जनाएको छ ।
विभागमा हालसम्म दुई देखि तीन दिनको अग्रिम अनलाइन आवेदन को मात्रै व्यवस्था रहेकोमा त्यसलाई समय लम्ब्याएर एक महिनाको व्यवस्था गरिएको हो ।
सेवाग्राहीको समस्या सम्बोधन गर्न विभागले प्रि इनरोलमेन्टको योजना ल्याएको जनाएको छ ।
माघ १७ गते प्रि इनरेलमेन्ट गर्नेले फागुन १६ सम्मको समय लिन सक्ने विभागको सूचनामा उल्लेख छ ।
विभागले आफ्नोमा डेटा प्राप्त भएको मितिले काठमाडौं नजिकैका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशस्थित नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया