Pura Samachar

गौशालामा बसको ठक्करबाट युवतीको मृत्यु

प्रकाशित: January 30, 2023
पूरा समाचार

गौशालामा बसको ठक्करबाट युवतीको मृत्यु

१६ माघ, काठमाडौं ।  काठमाडौंको गौशालामा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटरमा सवार एक युवतीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणटार बस्ने गोरखाकी २२ वर्षीया रोशनी मगर रहेकी छिन् ।

चाबहिलबाट गौशालातर्फ गइरहेको प्रदेश ३-०१-००६ ख ११०९ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा९२प ६४२३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो सवा ३ बजे ठक्कर दिएको थियो ।

रोशनीको चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचारको क्रममा आइतबार राति पौने १२ बजे मृत्यु भएको हो ।

दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया