Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता

प्रकाशित: February 1, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको हो ।

नागरिकता प्रकरणका कारण गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः आफूलाई गृह मन्त्रालय नफर्काए आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिएपछि सत्ता गठबन्धन संकटमा परिरहेका बेला प्रचण्डले छलफल गरेका हुन ।

माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड राहदानीलगायत विवाद कायमै रहेकाले रविलाई गृहमन्त्रीमा दोहोर्‍याउने मनसायमा देखिएका छैनन् भने एमाले अध्यक्ष ओली सहमतिअनुसार पुनः रविलाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा देखिएका छन्।

 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:०९

प्रतिक्रिया